प्रधानमन्त्रीको बेसार सम्बन्धि भ्रम वा सत्यता ?
गर्भवती महिलाले बेसार खान हुदैन
मेडिकल न्युज टुडेले प्रकाशन गरेको के गर्भावस्थामा बेसार सुरक्षित छ? शिर्षकको जानकारी मुलक लेखमा गर्भवती महिलाले खाना तथा अन्य खाने कुरामा थोरै मात्रामा बेसारको प्रयोग गर्न सुरक्षित हुने कुरा बताएको छ । औषधिको मात्रामा अत्यधिक प्रयोग गर्भवती महिलाको लागि घातक रहेको पनि सो लेखमा बताइएको छ । बेसारमा पाइने मुख्य तत्व कर्क्युमिनको ठूलो मात्रा लिनाले शरीरमा हार्मोन एस्ट्रोजेनको तहमा परिवर्तन गर्न सक्दछ, जसले गर्भाशय संकुचन वा रक्तस्राव निम्त्याउन सक्छ भनेर त्यहा उल्लेख गरिएको छ । मैले पढेको लेखहरुमा चिकित्सकले गर्भावस्थामा बेसार प्रयोग गर्ने नहुने भनेको पाइन तर अत्यधिक प्रयोग गर्नु हानिकारक रहेको पनि बताइएको छ । जण्डिस रोग विशेषज्ञ डा. सुधांशु केसीले बीबीसीसंग कुरा गर्दै हामीले तरकारी पकाउँदा बेसारको प्रयोग गर्ने हो, त्यो सुत्केरीले पनि खान हुन्छ भनेका छन ।


0 Response to "प्रधानमन्त्रीको बेसार सम्बन्धि भ्रम वा सत्यता ?"
Post a Comment